पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश तीन र प्रदेशमा कार्यरत सम्बद्ध जबस–मोर्चाको संयुक्त आयोजनामा नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ । ‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, भिआइपीको नाममा दिइरहेको पेट्रोलियम सुविधा बन्द गर, निगमका कर्मचारीहरुको अनावश्यक बोनस सुबिधा बन्द गर, जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित त्रिपुरेश्वरबाट निस्केको ¥याली टेकुस्थित नेपाल आयल निगमको गेटमा पुगेर धर्ना तथा कोणसभामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई जबस मोर्चाका प्रदेश ३ का नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

अखिल ९क्रान्तिकारी०की उपाध्यक्ष तथा प्रदेश ३ की संयोजक शिलु न्यौपानेले सञ्चालन गरेको धर्ना तथा कोणसभालाई क्रान्तिकारी युवा लिगका उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक केशव ढलकोटी, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक, अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम तामाङ, अलि नेपाल किसान महासंघ ९क्रान्तिकारी०का प्रदेश संयोजक शेखर उपाध्याय, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रदेश संयोजक अर्जुनलाल श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन र बढ्दो महंगी नियन्त्र गर्न जोडदार रुपमा माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस