कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेदकोट निर्वाचन अधिकृतको कार्यालयले नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको हो ।

निर्वाचन अधिकृत जयन्ती अवस्थी(भट्ट)ले बेदकोट नगरका प्रमुख भोजराज बोहरा र उप प्रमुख तुलसी जोशी, क्रमस वडाध्यक्षहरु १देखि १०वटै वडाध्यक्ष एव सदस्यलाई प्रमाण पत्र वितरण गरेका छन ।

वडाध्यक्ष क्रमस रमेश सिह भण्डारी, नरेश बहादुर सिह, मोहन गुधार्मी, नरेन्द्र बहादुर बोहार, चित्रदेव भट्ट, तुलसी राना, थानेश्वर प्रशाद भट्ट, महेशराज जोशी, जनक विष्ट र रतन विष्ट सहितका जनप्रनिधीहरुलाई निर्वाचित प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बेदकोट नगरका निर्वतमान नगर प्रमुख अशोक कुमार चन्दले बिना पुर्वाग्रह नगरको विकासका लागि काम गर्न सुझाव तथा बधाई दिएका छन । नवनिर्वाचित नगर प्रमुख भोजराज बोहराले पनि बिना पुर्वाग्रही तथा राम्रो काम गर्नेलाई सम्मान गरिने बताए ।

कार्यक्रममा बेदकोट निर्वाचन अधिकृत जयन्ती अवस्थी(भट्ट)ले नव निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिदै निर्वाचन सफल पार्नका लागि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने निकायप्रति धन्यवाद ज्ञापन गरिन ।

प्रतिक्रिया दिनुस