कञ्चनपुर । निर्वाचित कञ्चनपुरका पाँच पालिका प्रमुखलाई सपथ ग्रहण गराईएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश मदन बहादुर धामीले निर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराएका हुन । दुई गाँउपालिका अध्यक्ष र तीन नगरका मेयरालई पद तथा गोपनियताका सपथ ग्रहण गराईएको हो ।

बेलडाँडी गाँउपालिका हरिचन्द राना, लालझाडी गाँउपालिका गाँउपालिका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी, बेदकोट नगरपालिका मेयर भोजराज बोहरा र दोधाराचाँदनी नगरपालिका मेयर किशोर लिम्बुलाई एक कार्यक्रमका विच सपथ ग्रहण गराईएको हो ।

सपथ ग्रहण गराउँदै मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश मदन बहादुर धामीले संविधानले दिएका हक अधिकार प्रयोग गर्दै नागरिकलाई सेवा प्रशाद गर्दै शिक्षामुलक कार्यक्रम संचालन गर्न आग्रह गरेका छन । सपथ ग्रहरण कार्यक्रममा बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले स्थानीय सरकार सचालन ऐन अनुरुप जनपक्षीय काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

जिल्ला न्यायाधिशले नगर तथा गाँउ प्रमुख र उनीहरुले उप प्रमुख वडाध्यक्ष एव सदस्यलाई सपथ ग्रहरण गराउनेछन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे सहितका जिल्ला स्थित सुरक्षा निकाय प्रमुख, बेदकोट नगर निर्वाचन अधिकृत जयन्ती अवस्थी (भट्ट) सहितका निर्वाचन अधिकृतको सहभागिता रहेको छन ।

जिल्लाका पाँच पालिकामा मत गणना सम्पन्न भईरहेको छ । भने , बाँकी पालिकाहरुमा मत गणना भईरहेको छ ।

प्रतिक्रिया दिनुस