कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीका सकृय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन । समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरिएको हो ।

शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाईते पत्रकार गुरुङ्गले बताए । पत्रकार गुरुङ्गले आफुमाथि भुपेन्द्र ओलीले र श्रीमती रन्तादेवी ओली कार्यालयमा आएर कुटपिट गरेको बताए ।

‘म कार्यालयमै थिए, एक्कासी गाँउमा विवाहमा फोटो खिच्ने व्यक्ति भुपेन्द्र ओली आएर कुटपिट गरेर, मेरो क्यामेरा, फोन र कार्यालय तोडफोड गरेर गएका छन, ‘गुरुङ्गले भने, ‘संचारकर्मीमाथि साँघामिक हमला हुँदा समेत सरोकारवाला निकाय चुपचाप छन’ । ओली दाम्पतीको कुटपिटबाट पत्रकार गुरुङ्ग घाईते भएका छन । उनको उपचार भईरहेको छ ।

पत्रकार गुरुङ्गमाथि कुटपिट भएको विषयमा नेपाल पत्रकार महासंघले भत्सर्ना प्रकट गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्षले माधव सिह धामी टोलीले घटना बारे भत्र्सना प्रकट गर्दै दोषि उपर काबाृहीको माग अघि सारेका छन । अध्यक्ष धामीले पत्रकार गुरुङ्गले कुनै गल्ती गरेको भए कानुनी बाटोको साटो कानुन हातमा लिएर कुटपिट गर्ने कार्य निन्दनिय भएको बताए ।

प्रतिक्रिया दिनुस