कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा नेककपा माओवादी केन्द्र विजयी भएको छ । शनिबार दिउँसो सम्पन्न मत परिमाण अनुसार कृष्णपुर ६मा पनि माओवादी केन्द्र निर्वाचित भएको हो ।

माओवादी केन्द्रका उम्मेदवार बाबुराम चौधरीले काँग्रेस उम्मेदवार कविराज भट्टलाई १५६मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । चौधरीले १ हजार २०४ र भट्टले १हजार ४८मत ल्याएका थिए ।

एमालेका महेन्द्र ब. रोकायाले ५४८, राप्रपाका भरत विष्टले १०३ र समाजवादीका नरेश प्रशाद भट्टले २ मत ल्याएका छन । यस अघि पनि उक्त वडा माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया दिनुस