कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नेकपा एमाले र नेपाली काँग्रेसको महागढकै रुपमा चिनिन्छन । एमाले काँग्रेसको महागढ भत्काउँदै नेकपा माओवादीका उम्मेदवार भोजराज जोशी निर्वाचित भएका छन ।

माओवादी नेता जोशीले काँग्रेसका गम्भिर सिह ऐरीलाई ६२मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । जोशीले ५३१, ऐरीले ४६९ मत ल्याएका थिए । एमालेकी सितादेवी सिहले १६५, राप्रपाका पार्वती भट्टले ९१मत ल्याएका थिए ।

यस अघि उक्त वडामा कहिले एमाले, कहिले काँग्रेसले जित्दै आएको थियो । यस पटकको चुनावमा पनि उक्त वडामा एमाले काँग्रेसका शिर्ष स्तरका नेताले चासो दिएका थिए । तर त्यही वडाबाट माओवादीका जोशीले ईतिहास नै रचेका छन ।

प्रतिक्रिया दिनुस