शुनिल राना 

कञ्चनपुर । कञ्चनपुरमा पनि एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन । पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन । काँग्रेसबाट टिकट नपाएपछि रानाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस अघि ०७४ मा काँग्रेसबाट निर्वाचित राना यस पटक पाटीले टिकट दिएको थिएन, तैपनि उनले स्वतन्त्र उम्मेदवार बनेर जितेका छन ।

निर्वाचन अधिकृतको कार्यालयले आतबार घोषणा गरेको मत परिमाण अनुसार रानाले काँग्रेसका उम्मेदवार ३६० मतको अन्तरले हराउँदै पुन अध्यक्षमा निर्वाचित भएका छन । रानाले ८१८ र रावलले ४५८ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार राना आफु मात्रै जितेनन, सिङ्गो स्वतन्त्र प्यानलै जिताएका छन ।

सदस्य तर्फ दिपेश मल्ल, दुलेराम राना देवकी कार्की, लक्ष्मी सुनार निर्वाचित भएका छन ।

पाटीको आधिकारिक उम्मेदवार बिरुद्धमा बागी दिएको भन्दै नेपाली काँग्रेसले रानालाई कार्बाही समेत गरेको छ । रानालाई पाटीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको थियो । राना सहित काँग्रेस कञ्चनपुरमा आधिकारिक पाटी बिरुद्धमा उम्मेदवारी दिएको भन्दै १२जना स्वतन्त्र उम्मेदवारलाई कार्बाही गरेको थियो ।

यस अघि ०७४ मा यस वडामा काँग्रेसका श्रवण रानाले ६८८ मत ल्याएर जितेका थिए । अहिले स्वतन्त्र हुँदा १३० बढि मत ल्याएर जितेका थिए । उतिबेला एमालेका बुद्धि बहादुर कटुवाललाई ५७ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले आफ्नै काँग्रेसका आधिकारित उम्मेदवार हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । श्रबण राना न जनता र न पाटीमा हारेका थिए । नेपाली काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए । गत कार्तिकमा सम्पन्न भएको नेपाली काँग्रेस कञ्चनपुर जिल्ला अधिवेशनमा १मतले जिल्ला सदस्यमा निर्वाचित भएका थिए । अपाङ्ग कोटाबाट चुनाव लडेका राना गणेश विष्टसंग १ मतले जितेका थिए । पार्टी र जनतामा जित्दै आएका रानालाई काँग्रेसले चिन्न नसकेको भन्दै उनको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुस