कञ्चनपुर । कञ्चनपुरको उल्टाखाममा ११ बालिका नाबालिकामाथि बलात्कार गरेर आत्महत्या गर्ने युवक नेपाली काँग्र्रेसको कार्यकर्ता भएको खुलेको छ । भीमदत्त नगरपालिका २ उल्टाखामका दिनेश माली नेपाली काँग्र्रेसको कार्यकर्ता भएको खुलेको हो । उनी काँग्रेस कियाशिल सदस्य भएको स्थानीयले बताएका छन ।

‘माली काँग्रेस कृयाशिल सदस्य हुन, ‘एक स्थानीयले भने, ‘ति बालिकाको बलात्कार गरेर हत्या गर्दै नहरमा फालेर निर्मला जस्तै काण्ड मच्चाउन चाहेका थिए, तर सबै जनताले थाहा पाएपछि बालिकाको हत्या हुनबाट जोगियो आफै मरे ।’

पाँच बर्ष अघि १० साउनमा उल्टाखामकै १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । तर, उनका हत्यारा पत्ता नलाग्दै फेरी उल्टाखाममै १० जेठमा ११ बर्षिया बालिकाको बलात्कार गरी घाईते बनाएको छ । स्थानीयले १० जेठमा भएको घटना जस्ताको तेस्तै निर्मलाको पनि भएकाले कतै निर्मला जस्तै हुनबाट जोगिएको बताएका छन ।

बलात्कार पछि हत्या भएको घटना राजनीतिकरण भएकाले अहिले पनि कतै बलात्कारको घटना राजनीतिकरण हुने चिन्ता व्यक्त गरिएको छ । पीडित बालिकाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । काँग्रेसका केही नेता कार्यकर्ताहरुले उक्त मृतक व्यक्ति काँग्रेस कियाशिल नभएको बताईरहेका छन ।

प्रतिक्रिया दिनुस