कञ्चनपुर । बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण चर्किएको छ ।

पीडित पक्षले शुक्रबार साँझ पनि नगरपालिकामा आन्दोलन गरेका छन । पीडित पक्षसंग केही काँग्रेसका नेताहरुले काँग्रेसलाई भोट नदिएकाले नगरपालिकाबाट न्याय दिन नसकिने भन्दै अभिव्यक्ति दिएपछि पीडित झन आन्दोलनमा उत्रिएका हुन ।

मृतक गंगाका जेठाजु दशरथ रानाले केही काँग्रेसका नेताहरुले नगरपालिकासंग न्यायका लागि पहल भन्दा पनि काँग्रेसलाई भोट नदिएको भन्दै न्याय दिन नसकिने अभिव्यक्ति दिएपछि पीडितहरु झन आक्र््रोसित भएर नगरपालिका बिरुद्धमा आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन । ‘हामीसंग केही काँग्रेसीहरुले तपाईहरुले वडाबाट काँग्रेसलाई मत दिनुभएन, आज माओवादीले वडामा जित्यो, त्यही गएर न्याय माग्नुहोस भन्यो, त्यही भएर हामी नगरपालिका बिरुद्धमा आन्दोलनमा उत्रिएका हौँ, ‘दशरथ रानाले भने, ‘सबै जनताको मतले भीमदत्त नगरमा काँग्रेस जितेको हो ।’

स्थानीय अगुवा सायब रानाले मेयर पदम बोगटीले भीनपा २ आफ्नो वडामा व्यक्तिबाट बलात्कार गरीएकी पक्षलाई न्याय दिन हुने, यो भीमदत्त नगरकै कर्मचारीबाट भएको त्रृटिमा न्याय दिन नहुने कस्तो अचम्म भयो ।’

पीडित पक्षले म्याद सकिएको बुष्टर डोज लगाएको भन्दै स्वास्थ्यकर्मीमाथि कार्बाही, क्षतिपूर्ति र मृतकमा नाबालक छोराको न्याय दिनुपर्ने माग अघि सारेका छन । गरिब विपन्न जनतामाथि न्याय नदिएको भन्दै भीमदत्त नगरपालिकाका जनप्रतिनिधी बिरुद्धमा नाराबाजी गरिरहेका छन । उक्त प्रकरणमा केही स्थानीयले स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन । रानाको मृत्यु भएको राती स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन । महिलाको मृत्यु हुँदा समेत केही अधिकारकर्मी चुपचाप बसेको भन्दै मृतक पक्षले आलोचना गरेका छन । निर्मलादेखि अन्य आन्दोलनमा प्रहरी, नगरपालिका र सरकारलाई गाली गलैच गर्ने कहिलाअधिकारकर्मी कहाँ हराए भन्दै पीडितले प्रशान गरेका छन । निर्मला हत्याकाण्ड हुँदा पालिका, केन्द्रमा एमाले नेतृत्व सरकार भएका बेला केही सुकुलामुकीला अधिकारकर्मी भन्दै तर अमुख पार्टीका कार्यकर्ता रहेका ति अधिकारकर्मी कता हराए भन्दै पीडित पक्षले उनीहरुको खोजि गरिरहेका छन ।

मृतक परिवार र आफन्तले सरकारका कर्मचारीको लार्पबाहीले गंगाको मृत्यु भएकाले नगरपालिकासंग क्षतिपूर्तिको माग अघि सारेका छन । मृतक पक्ष नगरपालिका आएका छन । मृतकका आफन्त चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । ‘खोप लगायतका गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’

गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन । गंगाका श्रीमान रवी मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन ।

प्रतिक्रिया दिनुस