कञ्चनपुर, जेठ, २२ । कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी नायब नि महेश राम महरको कमाण्डमा खटिएको प्रहरी टोलिले एक जनलाई लागु पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसरी पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिबनगर बस्ने ३८ वर्षका बलराम चौधरी रहेका छन् । चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट पाईन्टको खल्तिभित्र कालो प्लाष्टिकको थैली भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा २ वटा पोकामा शुद्ध तौल गर्दा १२.११ ग्राम ला.औ. (खैरो हेरोईन) फेला पारी निजलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुस