कञ्चनपुर, जेठ, २२ । क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम प्रदेशको भेला सम्पन्न भएको छ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम प्रदेशको प्रदेश भेला आइतवार कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम संयोजक लाल किरणको अध्यक्षतामा भेला सम्पन्न भएको छ ।

प्रदेश भेलाले संयोजकमा पुन्ह लाल किरणको संयोजकत्वमा २१ सदस्य प्रदेश कमिटि चयन गरेको छ ‌। भेलाबाट सह सयोजकमा कमल चौधरी , सदस्य हरिश जप्रेल , किशोर जोशी ,प्रेम बोहरा, राजु यादव , विमल थापा , योगेन्द्र थापा ,भरत ठकुल्ला ,लक्की शाह, इन्द्र ढकाल ,जगदिश चौधरी, कैलाश महरा, हरि भण्डारी , किशोर जोशी  लगायत २१ सदस्य प्रदेश कमिटि निर्णाण गरिएको छ ।

प्रदेश भेलामा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य हरि सुवेदी रहेका थिए । त्यस्तै अतिथि अतिथि नेकपा क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी राम बहादुर महरा ,अतिथि देजमो प्रदेश अध्यक्ष बिष्णु राम दमाइ ,अतिथि नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला सेक्रेटरी कैलाश ,अतिथि नेकपा क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी विन्ति राम चौधरी , अतिथि अखिल नेपाल क्रान्तिकारी किसान महासंघ केन्द्रिय सदस्य टंक कोइराला ,अतिथि अखिल क्रान्तिकारी सु . प प्रदैस संयोजक पुष्कर जोशी रहेका थिए ।

क्रान्तिकारी युवा लिगको सूदुरपश्चिम प्रदेशको भेला कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस