कञ्चनपुर जेठ २३ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

धेरै पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ

। यस्तै आर्थिक विकास र गरिबी निवारणमा योगदान पुर्याउने उद्यम, विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय ५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्ने लगायतका बिषय अटाएका छन् ।

मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश–स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल–सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद–सबैका लागि खेलकुद, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक कार्यक्रम, एक जिल्ला एक विशिष्ट उद्योग, पाहुनाको सत्कार–सुदूरपश्चिमको संस्कार लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा परेका छन् ।

प्रतिक्रिया दिनुस