कञ्चनपुर । गत बैशाख ३० मा स्थानीय तहको चुनाव सम्पन्न भयो । करिब ५ देखि १० दिनमा मत अत्मिम मत परिमाण आयो । पाँच स्थानीय तहमा नेपाली काँग्रेस, तीनमा एमाले र १मा माओवादी केन्द्रले जित्यो । पालिकामा नयाँ जनप्रतिनिधी आएको एक महिना नवित्दै वडामा तालाबन्दी नगरपालिकामा बिरोध प्रर्दशन भए ।

जबकी नयाँ आएका जनप्रतिनिधीको परीक्षण काल हनुमुन समय समेत सकिएको थिएन । जहाँ काँग्रेंसले पालिका जितेको छ, त्यही लफडा मच्चिरहेको छ । कि विपक्षी आन्दोलनमा छन वा काँग्रेस भित्रकै अन्तर संघर्षले आन्दोलन भईरहेको छ । यस विषयमा खासै ध्यान दिईएको छैन ।

स्थानीय तह र जनप्रतिनिधी बिरुद्धमा नाराबाजी तालाबन्दी शुरु भए । जहाँ जहाँ सत्ताधारी नेपाली काँग्रेसले जितेको छ । त्यही पालिकाहरुमा लफडादेखि आन्दोलन भईरहेका छन । यो शुभ सायत हो वा विपक्षको आक्रेस हो ।

काँग्रेसकै नेता कार्यकर्ता तालाबन्दीदेखि नागरिक उस्काउन उद्यत छन । यसमा उनीहरुले आफ्नै नेता कार्यकर्ता असफल बनाउन केन्द्रीत हुन वा वडामा पराजित भएको आक्र्रोस हो भएको ठम्याउन सकिएको छैन ।

पुनर्वास १० नम्बर वडा कार्यालयमा राजनीतिक पुर्वाग्रही ढङगबाट मेयर तोया प्रशाद शर्मा र उप मेयर भुलिया राना निकट व्यक्ति कार्यकर्ताहरु नै तालाबन्दीमा उत्रिएको स्वयम काँग्रेस नेताहरु बताउँछन । वडाले गत बर्षमै गरेको एक सहकारीलाई जमिन दिने विषय सिफारिसको निहुँ बनाएर वडामा तालाबन्दी गरेका छन ।

‘वडाले गत बर्ष निर्णय ग¥यो, अहिले केही नेता कार्यकर्ताले चुनाव हारेको झोकमा तालाबन्दी गरेका छन, ‘एक स्थानीयले भने, ‘काँग्रेसले नगरपालिका नेतृत्व जितेको छ, उनकै मान्छे आन्दोनलमा छन ।’ बेदकोट नगरपालिका ८ मा पनि मदिरा सेवन गरेर लफडा गरेको प्रकरणमा काँग्रेसकै केही नेता कार्यकर्ता वडा कार्यालयमा तालाबन्दीमा उत्रिएका थिए ।

बेदकोट ८ मा काँग्रेसबाट उम्मेदवार रहेका दिलु बोहरा सहितका नेता कार्यकर्ताले वडाध्यक्ष महेशराज जोशीमाथि जनता कुटेको मित्था आरोप लगाएर वडामा तालाबन्दीमा उत्रिएका थिए । बुष्टर डोज लगाएकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी गंगा राना मृत्यु प्रकरणमा समेत शुरुमै काँग्रेसका केही नेता कार्यकर्ताले उक्त प्रकरणमा क्षतिपूर्तिको माग उठाएर स्थानीय उस्काएका थिए ।

काँग्रेसका केही नेता कार्यकर्ताहरुले उक्त घटनाका दोषिमाथि कार्बाहीका साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै समाजिक सञ्जालदेखि गाँउमा उस्काएरपछि भीमदत्त नगरपालिकामा मृतक पक्ष स्थानीयले क्षतिपूर्तिका लागि आन्दोलन गरेका थिए ।

भीनपा २ उल्टाखाममा एक नाबालिका बलात्कार प्रकरणमा समेत नगरपालिकामा आन्दोलन भएको थियो । यसरी काँग्रेसका नेता कार्यकर्ता नै आफ्ना स्थानीय सरकार प्रमुखलाई असफल बनाउन उद्यत रहेको काँग्रेसका नेता कार्यकर्ताविच होडबाजी चलेको छ ।

मुखनिजर जय नेपाल बाहिर सिध्याउन केन्द्रीत रहेको भन्दै नेता कार्यकर्ताविच विवाद चुलिएको हो । कञ्चनपुरका एक काँग्रेस नेताले काँग्रेसलाई हराउने पनि काँग्रेसै, असफल बनाउने पनि काँग्रेसकै तर आरोप कम्युनिष्टमाथि थुपार्ने प्रवृतिले काँग्रेसलाई जनताले दिएको जनमत खेर जाने चिन्ता व्यक्त गर्नुभयो । सपथ तथा पदभार ग्रहण गरेको महिना दिन नपुग्दै आफ्नै नेता कार्यकर्ता र विपक्षी आन्दोलनमा उत्रिएका छन ।

विपक्षी भन्दा पनि काँग्रेसलाई आफ्नै नेता कार्यकर्ता आन्दोलनमा उत्रिएपछि चिन्ता बढ्दै गएको छ । सो गतिबिधीबाट जिल्ला समन्वय समितिको पदपूर्ति नहुँदै काँग्रेस नेता कार्यकर्ता आफ्नै मेयर, उप मेयर बिरुद्धमा षडयन्त्रको जालो रच्दै गएको जेष्ठ काँग्रेस नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुस