काठमाण्डौँ । कञ्चनपुर क्षेत्र नम्बर १ की संसद एव पुर्व खानेपानीमन्त्री बिना मगरले सुदूरपश्चिम प्रदेशमा भीमदत्त पन्त आम सञ्चार प्रतिष्ठान स्थापना गर्न माग अघि सारेकी छिन ।

बुधबार संघीय सदनमा आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट नीति तथा कार्यक्रममा छलफलमा सहभागि हुँदै पुर्वमन्त्री मगरले सुदूरपश्चिम प्रदेशमा आमसञ्चारको विकासका लागि संघीय सरकारबाट हालसम्म केही पहल हुन सकेको भन्दै सहिद भीमदत्तको नाममा भीमदत्त आमसञ्चार प्रतिष्ठानको स्थापनाका लागि बजेट विनियोजन गर्न माग अघि सारेकी हुन ।

‘सुदूरको तराईका ग्रामिण बस्ती तथा पहाडी जिल्लाहरुमा पूर्वधारको अभाव, सीप र दक्षताको अभावले शैक्षिक संस्थाहरुमा सूचना प्रविधिको माध्यमबाट शिक्षण हुन कठिनाई छ, ‘पुर्वमन्त्री मगरले भनिन, ‘त्यसैले दक्ष जनशक्ति उत्पादन तथा आइटी पूर्वाधार विकासका लागि संघीय सरकारबाट बजेटसहित कार्यक्रम तय गर्नुपर्छ ।’

पुर्वखानेपानीमन्त्री मगरले संसदमा कञ्चनपुरको सीमा क्षेत्रको विवाद समाधानदेखि विकासका लागि संसद र सरकारको ध्यानाकर्षण गराएकी छिन । पुर्वमन्त्री मगरले सदनमा बोलेका विषय बस्तु यिन हुन । कञ्चनपुर जिल्ला सीमावर्ति जिल्ला हो । अहिले पनि हामी खुला सीमाका कारण व्यापार र बस्तु उपभोगकन हिसाबले भारतसँग निर्भर छौं । स्वदेशमै आयात प्रतिस्थापन गर्न सक्ने उद्योग नहुँदा व्यापार घाटा झनै बढेको छ । त्यसैले दैजि छेला ओद्यौगिक क्षेत्रको काम तीब्ररुपमा अघि बढाइयोस् । उक्त क्षेत्रमा आयात प्रतिस्थापन गर्जसक्ने उद्ध्योगको विकासका लागि संघीय सरकारबाट विशेष पहल गरियोस ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको बारेमा बजेटमा अस्पष्ट र अपूर्ण भाषा रहेको छ । अध्यक्ष प्रचण्डको विशेष पहलमा र त्यसपछि नेकपाको सरकारको पालामा समेत सुक्खा बन्दरगाहका प्रारम्भिक काम अघि बढेको छ । अहिले फेरि नयाँ शिराबाट अघि बढ्ने आशय बजेटको देखिन्छ । यश विष्यमा स्पष्ट गरि सुक्खा बन्दरगाहको काम तत्काल सुचारु गर्नुपर्दछ ।

कञ्चनपुरको क्षेत्र नं १ को बेलौरी लाई कृषि औद्योगिक क्षेत्रको रुपमा विकास गर्नु जरुरी छ । यस विषयमा आवश्यक सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गर्न अनुरोध छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा कृषिको व्यापक सम्भावना रहेको, बजारमुखी कृषि उत्पादन गुणात्मक ढंगले बढेपनि कृषिमा बालि विविधिकरणमा आधारमा बृहद उत्पादन योजनाको अभाव छ । त्यसैले सुपका ७ वटा पहाडि जिल्लामा हुने उत्पादनको प्रशोधन, उत्पादन र बजारसम्म पहुँच हुने गरि कृषिजन्य खासगरि तरकारी र फलफूलमा आधारित बृहत् कृषि उद्योग आयोजनाको लागि बजेट विनियोजन जरुरी छ ।

थारु समुदायमा रहेको परम्परागत सीप र कलाको संरक्षण र अभवृद्धि गर्दै मौलिकतामा आधारित उद्ध्योग, पूर्वाधार र जनशक्ति निर्माणका लागि विशेष कार्यक्रम र बजेटको माग अघि सारिन । सुदूरका पहाडी जिल्लामा दूरसञ्चार सेवामा बारम्बार अवरोध आउने, गुणस्तर नहुने समस्या व्यापक छ । यसमा विशेष ध्यान दिने किसिमले कार्यक्रम जरुरी छ ।’

प्रतिक्रिया दिनुस