( विरेन्द्र शाह )
नेपालको राजनीतिक आन्दोलन २००७ साल यता उथलपुथल पुर्ण चरण पार गर्दै अगाडि बढेको छ । नेपालको इतिहासमा माओवादी जनयुद्ध १० वर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो जसमा झण्डै १७००० मानिसहरुको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो जसमा जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नै थियो । मालेमावादी सिद्धान्त अङ्गिकार गर्दै दीर्घकालीन जनयुद्धको कार्यदिशा सहित अगाडि बढेको थियो । बाबुराम को नेतृत्वमा ४० बुदे माग बुझाउने कुरा एउटा सामान्य प्रक्रिया मात्रै थियो जो पछि माग सम्बोधनको समय अवधी पूरा नहुदै २०५२ फागुन ०१ प्रहरी चौकी आक्रमण भै सकेको थियो । खासमा युद्ध लडने कुरा माओवादी वृत्तमा स्पष्ट थियो र प्रधानमन्त्री शेर बहादुर देउवा ले त्यस्ता माग को मतबल नै गरेनन सामन्य अर्थमा लिए । जनयुद्ध शुरु गर्दा जम्मा ७२ जना पुर्णकालिन कार्यकर्ता थिए त्यो बेला बम गोला बारुद भन्दा किताबहरु बढी बटुलेर अध्ययन गरिएको थियो । सामान्य ढंग बाट शुरु गरिएको जनयुद्ध पछि केही वर्षमा यति धेरै ठूलो स्वरुप र आकार लिन पुग्यो त्यसको मुख्य कारण देशमा रहेको एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्था , नेपाली समाजका अन्तरविरोधहरु वर्गीय , जातिय , लैङ्गिक , क्षेत्रीय उत्पीडनहरु नै मुख्य कारणहरु हुन ।
अर्को पक्ष मालेमावादी विचार र सिद्धान्त नै जनयुद्धको उचाई मुख्य आधार हो । यी सबै कुरा सङ्गै त्यसको नेतृत्व गर्ने प्रचण्डको क्षमता र कुशलता पनि हो तर जनयुद्ध विजयकै बाटोमा थियो खारा लडाइँको पराजय बाट प्रचण्ड आत्तिएका थिए त्यसका पनि आफ्नै कमजोरीहरु थिए । जब नेतृत्व तह बाटै बलिदान गर्ने बेला आयो विभिन्न सम्झौतामा माओवादी आन्दोलन फस्यो । जेसुकै भएपनी देश शान्तीप्रक्रिया प्रवेश गर्यो , प्रचण्डले कार्यकर्ताहरु लाई विभिन्न कुरा बाट छ्क्काउदै ,झुक्काउदै कहिले सडक बाट सत्ता कब्जा गर्ने , त कहिले सरकारमै हुँदा त्यै सत्ता कब्जा गर्ने त्यहाँ बाट नभए फेरिपनी लडने भनेर हतियार र जनमुक्ति सेनाका मुख्य लडाकु र केही कमान्डरहरु लाई बाहिर राखे , संसद लाई त प्रयोग मात्रै गर्ने हो भने ,नेताकार्यकर्ता बेला बेला सशन्कित भएपनी प्रचण्डको आफै शैली थियो फेरि मख्ख बनाई हाल्थे । ०६४ सालमा माओवादी पार्टी देशको ठुलो पार्टी बन्यो तर संसदीवादी एमाले काङ्ग्रेस सङ्ग लडन सकेन त्यो सङ्गै देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरुले पनि माओवादी लाई गलाएर नै छाडे पहिलो संविधान सभा विगठन हुन गयो ।
यी सबै प्रचण्ड ले लिदै अगाडी बढिरहेका गलत नितिहरु कै कारणले थियो । अहिलेसम्म आएर हेर्दा जनयुद्धको सर्वोच्च कमान्डर प्रचण्डको पतन भयानक र डरलाग्दो छ । यसै सन्दर्भमा ने। क। पा। का महासचिव विप्लव ले लेखेको महापतन पुस्तक जो प्रचण्ड पतनको अन्तरकथा सङ्ग संबंधित छ ,त्यसैको अध्ययन पश्चात त्यो पुस्तक कै आधारमा त्यहाँ भित्र को मुख्य सारकुरा यो यहाँ लेख्न खोजिएको छ , कसरी भयो त प्रचण्ड को महापतन रुप्रचण्डमा सबै भन्दा पहिला विचारधारात्मक पतन देखियो । कम्युनिस्ट हुनु को पहिलो सर्त भनेको नै विचारधारात्मक दृष्टिकोण हो जो द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो । शान्तीप्रक्रियामा आईसकेपछि विचारधारात्मक दृष्टिकोणमा पनि शान्ति छायो । प्रचण्ड द्वन्द्वात्मक भौतिकवाद भन्दा उल्टो हिडन पुगे । उनी धार्मिक कार्यक्रमहरु मा हिंडन थाले र भौतिकवाद र आध्यात्मिकवाद को फ्युजन गर्छु भन्दै हिडे त्यसपछि ग्रह सपार्ने भैंसी पुजा विभिन्न धार्मिक कार्यक्रम को उदघाटन त कहिले बाबा रामदेव को आशीर्वाद , हुँदाहुदा अहिले त पुजापाठ , धार्मिक तटहरुमा स्नान गर्दै हिजो जनयुद्ध गर्नु गल्ती भए जसरी पाप पखाल्दै हिडेको भान हुन्छ । यी सबै कार्य हेर्दा उनी कम्युनिस्ट नेता, विचारक या अभियान्ता भन्दापनि सन्त(महन्त , पादरी , मुल्लाहका सेवक र पछिलग्गु जस्ता प्रतीत भै रहेका छ्न । उनी अहिले त जनयुद्ध धार्मिक स्वतन्त्रता का लागि लडे जस्तो गर्दै धर्म निरपेक्षता आएको चर्को कुरा गर्छ्न जोकि कम्युनिस्ट हरुले धर्म जस्तो वाहियात र काल्पनिक कुरा सङ्ग कुनै सम्बन्ध राख्दैन्न कम्युनिस्टहरु ले धार्मिक स्वतन्त्रता होईन त्यसलाई बिस्तारै कम्युनिस्ट सस्कार र संस्कृतिमा रुपान्तरण गर्दै यस्तो काल्पनिक कुरा दुनियाँ बाट हटाउने कुरा मा केन्द्रित हुन्छन । अहिले त प्रचण्ड मालेमावादी विचार दृष्टिकोण बाट यति टाढा पुगेका छ्न कि उनले आफैले भनेको एमाले पार्टी जो संसोधनवादी , दक्षिणपन्थी अवसरवादी , दलाल संसदीय व्यवस्थाको रक्षक पार्टी र त्यसको नेता केपि ओलि जो सबै भन्दा बढी माओवादी विरोधी , प्रचण्ड को भाषामा विदेशीको दलाल उसकै को पाउमा माओ विचारधारा समेत न मान्ने गरि पार्टी लाई बुझाएका छ्न। यी सबै कुकार्य र हर्कत गर्ने प्रचण्ड लाई के भन्ने गम्भीर प्रश्न उठछ ।
अर्को राज्य सत्ता सम्बन्धि दृष्टिकोणमा गम्भीर विचलन पैदा भयो राज्यसत्ता बाहेक सबै भ्रम हुन र क्रान्ति सम्पन्न नहुदै हतियार बिसाउने भनेको को आत्मसमर्पण र गद्दारी गर्नु हो भन्ने प्रचण्ड बिस्तारै बदलिदै गए त्यै अनुरुप कार्यकर्ता र जनसेना लाई झुठो भ्रममा फसाउदै गए । अहिले आएर सम्पुर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्था का रक्षा कवच बनेका छ्न । कुनै बेला सर्वहारा सत्ताभन्दा बाहिर नदेख्ने प्रचण्ड आजकल त्यसलाई आफैलाई तर्साउने भुत जस्तो देख्छ्न । केही समय पहिले सम्म प्रतिक्रियावादी दुश्मन मानेको एमाले को आडभरोसामा जीवन गुजारा गर्ने पुगेका छ्न । उनको आशाविहिन र रुझेको विरालो कि जस्तो अनुहार हेर्दा मान्छे हरु मरिमरि हास्छ्न , कठै प्रचण्ड १ प्रचण्ड को यो पतन नेपाल को कम्युनिस्ट आन्दोलन को मात्रै होईन विश्व कम्युनिस्ट आन्दोलनकै ईतिहासमा कतै नभएको भयानक डरलाग्दो आत्मसमर्पण र विचलन हो ।
वैज्ञानिक समाजवादी व्यवस्था को बाटो लाई निषेध गरेर आज उनी दलाल संसदीय पुजीवादी व्यवस्था अगाल्न पुगेका छ्न । त्यै बाट समाजवाद ल्याउन झुठो अफवाह र भ्रम फैलाफैलाउदै छ्न र क्रान्ति सम्पन्न नहुदै हतियार बिसाउनु भनेको आत्मसमर्पण र गद्दारी गर्नु हो भन्ने प्रचण्ड बिस्तारै बदलिदै गए त्यै अनुरुप कार्यकर्ता र जनसेना लाई झुठो भ्रममा फसाउदै गए । अहिले आएर सम्पुर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्था का रक्षा कवच बनेका छ्न । कुनै बेला सर्वहारा सत्ताभन्दा बाहिर नदेख्ने प्रचण्ड आजकल त्यसलाई आफैलाई तर्साउने भुत जस्तो देख्छ्न । केही समय पहिले सम्म प्रतिक्रियावादी दुश्मन मानेको एमाले को आडभरोसामा जीवन गुजारा गर्ने पुगेका छ्न । उनको आशाविहिन र रुझेको विरालो कि जस्तो अनुहार हेर्दा मान्छे हरु मरिमरि हास्छ्न , कठै प्रचण्ड १ प्रचण्ड को यो पतन नेपाल को कम्युनिस्ट आन्दोलन को मात्रै होईन विश्व कम्युनिस्ट आन्दोलनकै ईतिहासमा कतै नभएको भयानक डरलाग्दो आत्मसमर्पण र विचलन हो ।वैज्ञानिक समाजवादी व्यवस्था को बाटो लाई निषेध गरेर आज उनी दलाल संसदीय पुजीवादी व्यवस्था आगाल्न पुगेका छ्न त त्यै बाट समाजवाद ल्याउन झुठो अफवाह र भ्रम फैलाउदै छ्न त्यहाँ बाट समाजवाद ल्याउनु ष्भनेको वेश्यालय लाई ब्रह्मचारी केन्द्र घोषणा गर्नु जस्तै हो । कसले क्रान्तिको कुरा गर्दा राजनीति क्रान्ती सम्पन्न भैसकेको र आर्थिक क्रान्ति गर्नुपर्ने बताउछ्न । क्रान्ती गर्ने हिडेका हरु लाई अतिवादी , उग्रवामपन्थी , अराजनीतिक गतिविधि को आरोप लगाउछन । हिजो जनयुद्धमा उनकै भनाई हेर्दा आज उनी प्रतिक्रियावादी दलाल पुजीवादी विश्लेषण गर्न पुगेका छ्न र उनको छेपारे प्रवृती उदाङ्गो भएको छ र क्रान्ति को दुश्मन बनेका छ्न ।
कम्युनिस्टहरुले मान्ने बल प्रयोग र सशस्त्र संघर्ष सम्बन्धि दृष्टिकोणमा उनको पतन झन भयानक छ । मानो उनी गाधी का चेला हुन कि जस्तो अनुभुती हुन्छ । संसदीय व्यवस्था को सन्दर्भमा त उनी त्यो भन्दा अरु बाटो नै देख्दैन्न हिजो जनयुद्धमा संसदिय व्यवस्था मान्नु पर्छ भन्ने कम्युनिस्टहरु लाई दुनियाँमा न भएका आरोप लगाउथे आज उनलाई उनकै शव्दमा आरोप लागाउदा पनि बडा भयानक चित्र अगाडि आउँछ । कम्युनिस्ट पार्टी को सन्दर्भमा हेर्दा जब पार्टी शान्ती प्रक्रियामा आयो विस्तारै बैठकहरु कुम्भका मेला जस्ता हुनथाले , कम्युनिस्ट पार्टीमा दलाल , तस्कर , अपराधी , जासुस विजातिय तत्वको घुसपैठ रोक्न सकेन्न अन्तिममा त उनले ५००० को केन्द्रिय समिती बनाएर अन्तर्राष्ट्रिय बेईज्जत गराए । जीवन भरी एमाले लाई संसोधनवादी भनेर नथाक्ने प्रचण्ड आफै थाके , गले र एमाले मा पार्टी बुझाए र आफू पतन भए ।जनयुद्धको बेला र सबै प्रतिबद्धता माथी घात गर्दै दलालहरु कब्जा जग्गा फिर्ता , जनसत्ता को विगठन र बडो दर्दनाक तरिकाले जनमुक्ति सेना को विघटन यो विश्व कम्युनिस्ट आन्दोलन कै डरलाग्दो चित्र थियो । बिस्तारै उनको राष्ट्रिय स्वाधीनता को सोचमा परिवर्तन जनयुद्धताका भारतिय विस्तारवाद सङ्ग लडने भनेर बनाएका सरुङ्ग हरु छोडेर सुरुङ्ग सम्बन्ध बनाउने पुगे , हाल सम्म आएर त सबै साम्राज्यवादीहरु सङ्ग लम्पसार नै परे । आर्थिक दृष्टिकोणमा आएको विचलन झनै भयानक छ यति सम्म कि क्रान्ति गर्न भनेर जनमुक्ति सेना बाट उठाएको झन्डै चार अर्व भ्रष्टाचार गरेको आरोप उनको थाप्लोमा छ । पार्टी मा बढदै गएको आर्थिक अराजकता रोक्ने छोडेर उल्टै प्रश्य दिन पुगे र आफै त्योमा संलग्न भए जनयुद्धमा आफैले बनाएका सबै आर्थिक दृष्टिकोण ध्वस्त पारे । सास्कृतिक दृष्टिकोणको विचलन त झनै डरलाग्दो तरिकाले आयो कि नेताहरुको जिवनशैलि राजसी ठाठमा आगाडी बढयो , जनवादी विहे हुन छोडे , गरेका पनि बिग्रीन थाले , एउटैले ती वटा बिहे गर्दा नि पार्टीले छुट दियो ती विचलन का कदमहरुमा प्रचण्ड ले रोक्न छोडेर साची जस्तै बसे र यसरी प्रचण्ड को पतन हुन पुग्यो । जसमा बाबुराम भट्टराई केही हद सम्म भरपुर सहयोही नै थिए । यसरी प्रचण्ड विश्व कम्युनिस्ट आन्दोलन का गद्दारहरु बर्नस्टिन , कार्ल काउत्सकी , खुश्चोभ , टिटो , देङ्ग , ज्योतिबसु को दाङ्ग मा लहरै उभिन पुगे । यसरी कुनै बेला नेपाल को कम्युनिस्ट आन्दोलन र जनयुद्धका सर्वोच्च कमान्डर र विश्व कम्युनिस्ट आन्दोलन का उदाउँदो नेता प्रचण्ड को महापतन हुन पुग्यो ।