कञ्चनपुर । सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० साउनदेखि सरकारी कर्मचारीको तलब बृद्धि गरेपनि देशभरी गाँउ गाँउ कुना कन्दराका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक एव विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको छ ।

१५ जेठमा अर्थमन्त्री एव माओवादी नेता समेत रहेका जनार्दन शर्मा(प्रभावर)ले संसदमा प्रस्तुत गरेको बजेटमा बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि बारे स्ष्ट नखुलाएपछि माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको हो । बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बारे स्पष्ट नखुलाएपछि एकीकृत अखिल नेपाल शिक्षक संगठनले चासोका साथ ससद,मन्त्री, पुर्व प्रधानमन्त्री, मन्त्रालयका कर्मचारीसंग भेटघाट गरेर निम्न स्तरका कर्मचारीमाथि विभेद भएको भन्दै आपत्ती जनाएका छन । मंगलबार पनि एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकर), उर्जामन्त्री पम्फा भुसाल, माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेर निम्न स्तरका कर्मचारीको तलब बृद्धि गर्नका लागि पार्टीका तर्फबाट पहल गरिदिन माग गरेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एव बाल विकास शिक्षक समिति सचिव रमा उपाध्यायले माओवादी अध्यक्ष प्रचण्डसंगको भेटघाट डेलिगेशनमा निम्न स्तरका बाल विकास र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने पार्टीका तर्फबाट पहल र आवश्यक निर्देशन दिने आश्वासन दिएको बताईन । ‘हामीसंग माओवादी अध्यक्ष एव पुर्व प्रधानमन्त्री प्रचण्ड ज्यूले बाल विकास र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न सत्ता साझेदारी दलका तर्फबाट मन्त्रीलाई निर्देशन सहित पहल गर्ने बचन दिएका छन, ‘उनले भनिन, ‘अर्थमन्त्री शर्मा र उर्जामन्त्रीले समेत स्रोत खोजेर तलब बृद्धि गर्ने आश्वासन दिए ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले प्रचण्ड सहित अर्थमन्त्री, उर्जामन्त्री, शिक्षा, अर्थका कर्मचारीसंग शिक्षाको आधारशिला बाल विकास र सामुदायिक विद्यालयको विकासमा विद्यालय कर्मचारीको समेत महत्वपूर्ण भूमिका हुने भएकाले पारिश्रमिक बृद्धि गर्नुपर्नेमा बताए । समाजवाद तर्फ उन्मुख रहेको नेपालमा निम्नस्तरका कर्मचारी जहिल्यैपनि विभेदको शिकार बन्ने कार्य निन्दनिय भएको समेत शिक्षक अगुवाले चिन्ता व्यक्त गरेका छन । गरिब, उत्पिडनमा परेका निम्न स्तरका भुई मान्छेहरुलाई मुल धारमा ल्याउनुपर्छ भन्दै जनयुद्धमा होमिएका तिनै नेता प्रभावकर अर्थमन्त्री भएपनि शिर्ष उच्च कर्मचारीप्रति मायादाया गर्दै निम्न स्तरका कर्मचारीमाथि विभेद गरिरहेको भन्दै जनयुद्धको नीति विपरित कार्य गरिरहेको टिप्पणी गरिरहेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस