कञ्चनपुरको झलारी बजार क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ ।

टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ । टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको बताउनु भयो ।

नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जिनियर प्रकाश भट्टले अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेको बताउनु भयो । अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुस