सुदूरपश्चिमाञ्चल  विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोहमा  सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर आउनु हुने भएका  छन ।

विश्वविद्यालयका कुलपति समेत रहेका देउवा शुक्रबार हुने समारोहमा सरिक हुनु हुनेछ ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ।

समारोहमा शिक्षामन्त्री लगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो एसके जोशी पनि आउने बताइएको छ । त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् ।

प्रतिक्रिया दिनुस