कञ्चनपुर,असार ३ । कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर वडा नम्बर १ बन्शाह स्थित बेलौरी कलुवापुर सडक खण्ड नजिक भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरि ल्याई लुकाई छिपाई गरी राखिएको मलखात र युरीया मल गरी १५ (पन्ध्र) बोरी अ. मुल्य रु ३१,०००।– (एकतीस हजार) र कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १० भुडा गौडी नहर स्थित मोबिल लगायत वर्कसवका सर–समान अन्दाजी ४० हजार रुपैया त्यसैगरी कञ् चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवा तिलकेनी स्थित मिश्री, खानेतेल, गुड र नरीवल अन्दाजी ४२ हजार ५ सय गरी जम्मा एक लाख तेर्ह हजार पाँच सय रुपैया बराबरको विभिन्न सर–समान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस