कञ्चनपुर । पैसा र राजनीतिक निकट पावरको बलमा सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीले गैर कानुनी काम गरिरहेको भन्दै विद्यार्थी संगठन बिरोधमा उत्रिएका छन । विश्वविद्यालयले शुक्रबार दिउँसो १ बजेतिर दोस्रो दिक्षान्त समारोह गरिरहेको छ ।

सोही दिन पदाधिकारीले गैर कानुनी निर्णय भन्दै विद्यार्थी संगठन बिरोधमा उत्रिएका हुन । सुप विश्वविद्यालय सिनेट आफैले बनाएको कार्यबिधी मिति मिचेर फागुन २७ मा हुनुपर्ने दिक्षान्त असार ३ मा गरिएको परिघटनालाई विद्यार्थी संगठनले अश्वभाविक निर्णय गर्न लागेको भन्दै त्यसको बिरोधमा उत्रिएका छन ।

एमाले, समाजवादी निकट अनेरास्ववियु र माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपकुलपति डा.अमराज जोशीलाई काँग्रेस कार्यकर्ताको संज्ञा दिदै आफ्ना नेता कार्यकर्ताहरुलाई सेटिङ्ग गराउनका लागि गैर कानुनी रुपमा काम गरिरहेको भन्दै आपत्ती जनाएका छन ।

दिक्षान्त समारोहमा स्वय काँग्रेस निकट प्राध्यापक कर्मचारी समेत बिरोधमा रहेका छन । बिहीबार आयोजित पत्रकार सम्मेलनमा रजिष्ट्राचार यज्ञराज पाठकले विश्वविद्यालय हित बिरुद्धमा हुने निर्णय नगर्ने बताएका थिए ।

सेवा आयोग हुँदाहुँदै विशेष परिस्थिती भन्दै शिक्षक, कर्मचारीलाई स्वयत स्थायी गर्ने कार्य निन्दनिय कदापी स्वीकार्य नहुने भन्दै समाजिक सञ्जाल मार्फत स्टाटस लेखेर आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन ।

सुप विश्वविद्यालय सिनेटमा उपकुलपतिले गर्ने गैर कानुनी विवादित निर्णय रोक्नका लागि शिक्षामन्त्री, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रमेश पन्तले बताए ।

प्रतिक्रिया दिनुस