कञ्चनपुर । सुदूरपश्चिमेली जनताको कथम प्रयास र संघर्षबाट आएको विश्वविद्यालय ध्वस्त र रजाई गर्नका अहिलेको नेतृत्व लागेको भन्दै काँग्रेस बाहेक अन्य विद्यार्थी सघ संगठन बिरोधमा उत्रिएका छन ।

शुक्रबार दिउँसो १ बजेतिरबाट शुरु हुने दिक्षान्त समारोह अवागै उपकुलपति डा.अमराज जोशीले निकट व्यक्तिलाई स्वत स्थायी गर्नेदेखि विवादित राजनीतिक लाभका लागि निर्णय गर्न लागेको भन्दै एमाले, माओवादी, समाजवादी, नेकपा बहुमत, बैद्य, जनमोर्चा, राप्रपा सहितका विद्यार्थी संघ संगठनहरुले खबरदारी गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले सेवा आयोग बिनै विशेष व्यवस्थाको नाममा स्थायी गर्ने नियमावाली पारित गर्ने तयारी खेदजनक भन्दै खारेजीको माग अघि सारेका छन ।

अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले विश्वविद्यालय नेतृत्व निहित स्वार्थका लागि केन्द्रीत भएकाले त्यस बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्ने बताए ।

उपकुलपति जोशीले सिधै शिर्ष राजनीतिक नेतृत्वसंग डिल गरेर आफुले गैर कानुनी निर्णय गराउँदै आएको भन्दै कञ्चनपुरका विद्यार्थी संघ संवठन आन्दोलनको तयारीमा छन ।

दोस्रो दिक्षान्त समारोह बहिस्कारदेखि शसक्त आन्दोलनका कार्यक्रम गर्ने चेनावनी दिईरहेका छन ।

विश्वविद्यालयका पदाधिकारीले भने कुनै यस्तो विवादित निर्णय नहुने दावि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस