कञ्चनपुर, जेठ, ३ । सुदुरपश्चिम विश्वविद्यालयको सम्रग विकासका लागि भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाइएको छ ।५ बुदे ज्ञापन पत्रमा सुदुरपश्चिम विश्वविद्यालयको विकासका लागि पहल गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्रको बुदा नम्बर १ मा विश्वविद्यालयमा समायोजन भएका क्याम्पसका प्राध्यापक र कर्मचारीहरु कुनै प्रक्रिया पुरा नगरी सेवा आयोगलाई समेत वेवास्ता गरी विनिमय ११(१) ख, विनिमय ५(घ) र ५ (घ) १ संशोधनका लागि लगिने प्रस्ताव खारेज गर्नुपर्ने उल्लेख गरिएको छ । बुदा नम्बर १ मा विश्वविद्यालयमा समायोजन भएका क्याम्पसका प्राध्यापक र कर्मचारीहरु कुनै प्रक्रिया पुरा नगरी सेवा आयोगलाई समेत वेवास्ता गरी विनिमय ११(१) ख, विनिमय ५(घ) र ५ (घ) १ संशोधनका लागि लगिने प्रस्ताव खारेज गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै ज्ञापन पत्रको बुदा नम्बर २ मा सुदुरपश्चिम विश्वविद्यालयको समायोजन लगायतका विभिन्न समस्याका विषयमा गठित गणेशमान गुरुङ्ग र भीमप्रसाद सुवेदीको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।

यस्तै बुदा नम्बर ३ मा खुल्ला प्रतिष्पर्धालाई निरुत्साहित गर्दै सेवा आयोगलाई जिम्मेवारी बिहिन बनाएकाले विश्वविद्यालयका प्राध्यापक र कर्मचारी नियुक्त सेवा आयोग मार्फत खुल्ला प्रतिष्पर्धाबाट पदपुर्ति गरिनु गर्ने माग गरिएको छ । यसैगरी बुदा नम्बर ४ मा विश्विद्यालयलाई आर्थिक भार हुने गरी दरबन्दी स्वीकृति बिना अनावश्यक पदाधिकारी नियुक्त गरिएकोले सम्पुर्ण पदाधिकारीहरुको नियुक्ती खारेज गरिनु पर्ने माग गरिएको छ ।

यस्तै ज्ञापन पत्रको अन्तिम तथा ५ नम्बर बुदामा सुदुरपश्चिम विश्वविद्यालयमा अहिलेसम्म भएका विभिन्न क्षेत्रका व्यथिति छानबिन गरी विश्वविद्यालय पदाधिकारीहरुलाई कार्बाहीका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुस