दिपकराज भट्ट् (डिआर)
डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव सोमवारदेखि सुरु भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ आयोजना गरेको हो । महोत्सवको सोमवार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख बिशेश्वर प्रसाद ओझाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।महोत्सवको उद्घाटन सत्रमा बोल्दै उनले गौरा पर्वले समाजमा सामाजिक सद्भाव र एकता कामय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । यस्ता किसिमका महोत्सवले गर्दा गौरा पर्वको संरक्षणमा टेवा पुग्ने उनको भनाई छ ।

गौरा पर्र्वको संरक्षणमा सबैले एकजुट भएर लाग्नु पर्ने उनको भनाइ थियो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधीकारी राजु प्रसाद पौडेलले जिल्लामा शान्ती–सुरक्षा कायम राख्नका लागी सुरक्षा निकायलाई तयारी अवस्थामा राखीएको बताए ।समाजमा हुने नकारात्मक कार्यलाई रोक्न पनी प्रहरी प्रशाशन तयार रहेको उनको भनाई छ । यस्तै आफ्नो संस्कृति संरक्षण गर्नमा सबैले अग्रसर हुनु जरुरी रहेको उनको तर्क थियो । आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्वसको आयोजना गरिएको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताएका छन् ।उनले १२ गते सम्म संचालन हुने गौरा महोत्सवमा शुदुरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागिता जनाइदिन हुन आग्रह गरेका छन् । महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा भइरहेका छन् । गौरा महत्वसको १२ गते एक कार्यक्रमकाबीच समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस