कञ्चनपुरको महेन्द्रनगरमा वारिधी कलेज खुलेको छ । यसै शैक्षिक सत्रदेखि भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा वारिधी कलेज खुलेको हो । त्रिभुबन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले चालु शैक्षिक सत्रदेखि संचालन गर्न लागेको छ । कलेजले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भर्नाका लागि आवेदन आब्हान गरिएको जनाएको छ । कलेजका प्रमुख डा. भोजराज पन्तले फरक ढङगबाट शैक्षिक गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि संचालनमा ल्याएको बताए । कलेज प्रमुख पन्तले यस बर्ष बिबिएसको पढाई गरिने बताए । उनका अनुसार सीमित विद्यार्थी भर्ना गरिनेछ ।

कलेजका अध्यक्ष प्रकास बहादुर पाण्डेयले समाजिक उत्तरदायित्व सहितको शैक्षिक गुणस्तर बृद्धि गरिने बताए । आवश्यकता अनुसार कलेज संचालनमा ल्याएको बताए । कलेजका संचालक शंकरदत्त भट्टले पत्रकार सम्मेलनको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुस