कञ्चनपुर भाद्र १०, नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले सरकारले यातायात क्षेत्रमा व्यवस्था गरेको भाडा सहुलियत कार्यान्यनको माग अघि सारेको छ । सरकारले सार्वजनिक यातायात क्षेत्रमा ४५ प्रतिशत छुटको व्यवस्था अनुसार सम्पूर्ण यातायात समिति तथा कम्पनीले कार्यान्वन गर्नुपर्ने क्रान्तिकारी कञ्चनपुरले माग अघि सारेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरले महेन्द्रनगर बसपार्क सहितका राजमार्ग क्षेत्रमा ‘विद्यार्थीहरुलाई यातायात भाडादरमा ४५ प्रतिशत सहुलियत लागु गर’ भन्दै ब्यानर लगाएका छन् । क्रान्तिकारीले महेन्द्रनगरदेखि लामो तथा छोटो दुरीमा विद्यार्थीबाट पुरै भाडा अशुल भईरहेकाले सरकारद्वारा दिएको सुविधा व्यवहारिक कार्यान्वयनको लागि यातायात व्यवसायीलाई अनुरोध गरेको छ । विद्यार्थी सहुलियत तत्तकाल कार्यान्वयन नगरे जनकार्बाहीको चेतावनी समेत दिईएकोछ । कञ्चनपुरका यातायात व्यवसायीले विद्यार्थी सहुलियत छुट दिईरहेको बताएका छन् । उनीहरुले सरकारले विद्यार्थीका लागि दिएको सहुलियत कार्यान्वयन भईरहेको दावि गरेका छन् । कतिपय बसधनीले कच्ची सडक अनेकन बहानामा विद्यार्थीबाट पुरै भाडा लिदा विवाद समेत हुने गरेको छ ।

प्रतिक्रिया दिनुस