सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी हामी बनाउछौं’ महाअभियानको रुपमा मनाउने भएका छन् ।

मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गोपाल हमालले यस्तो घोषणा गर्नु भएको हो । ‘हाम्रो कार्यकाललाई हाम्रो धनगढी हामी बनाउछौं महाअभियानका रुपमा मनाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पन्च वर्षीय आवधिक योजना (२०७९÷०८०–२०८३÷०८४) तर्जुमा गरी कार्यान्वयन गरिने पनि नगर प्रमुख हमालले घोषणा गर्नु भएको छ ।

यसैविच कैलालीको धनगढी उपमहानगरपालिकाले ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गर्नु भएको हो ।

उहाका अनुसार नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने भएको हो । नीति तथा कार्यक्रमको सहर िपूर्वाधार विकास तथा यातायात व्यवस्थापन कार्यनीतिमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना अटाएको हो। यस्तै क्रमागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा योजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुस