कञ्चनपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ कार्य निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय समिति एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको छ ।

पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको विज्ञप्तीमा समाचार संकलनका क्रममा आगजनी भएको स्थानमा पुगेका पत्रकार विवसमाथि सार्वजनिक शान्तिको बिरुद्ध अपराध गरेको आरोप लगाँदै विना कारण प्रहरीले पक्राउ गरेको घटनाप्रति भत्र्सना जाहेर गरेको छ ।

‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिना कारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनिय काम भएको महासंघको ठहर छ । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले हस्ताक्षरित गरिएको विज्ञप्तीमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीलाई घटनाको बारेमा सोधपुछ गर्ने वित्तिकै प्रहरीले आवश्यक दुःख दिने र पक्राउ गर्ने कार्य निन्दनिय र गैर कानुनी समेत भएकोले घटनामा संलग्न प्रहरी अधिकृतलाई कारवाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ ।

पत्रकार महासंघ सुप प्रदेशका महासचिव राम ठगुन्नाले हस्ताक्षरित गरिएको विज्ञतीमा अब उप्रान्त यस्ता घटना नदोहो¥याउन चेतावनी दिएको छ । समाचार संकलनको दौरान घटनास्थलमा उपस्थित पत्रकारले आफ्नो परिचय दिदादिदै प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले विना कारण पक्राउ गरेको घटनाले राज्यले शान्ति सुरक्षा गर्नुको सट्टा स्वयं आतङ्क फैलाउने कार्यमा उद्धत भएको महशुस भएको महासंघको ठहर छ ।

मंगलबार पत्रकार महासंघ कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना बारे क्षमायचना गर्दै दोषि प्रहरी निरीक्षक ठगुन्नामाथि कार्बाही गर्ने आवश्वासन दिएका छन । आगलागी भएको डिस्ट्रीब्यूटरको मुचुक्का उठ्यो कि ? उठेन भन्ने प्रशन गर्दा प्रहरी निरीक्षक ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै गाडीमा हुलेर हिरासत पु¥याएका थिए ।

प्रतिक्रिया दिनुस