कञ्चनपुरको भीमदत्त नगरपालिकामा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विरोध जनाएको छ । गत सोमवार राती भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको घटना बारे समाचार संकलन गर्न घटना स्थलमा पुगेका पत्रकार रनी विवश माथि प्रहरीले गरेको अमानवीय दुव्र्यहारको घटनाप्रतिन हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, प्रेस वक्तत्वमा भनिएको छ ।

यस्तो अलोकतान्त्रिक घटनाप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ, प्रेस वक्तव्यमा भनिएको छ । यो घटनाले महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपहास गरेको छ । दलाल संसदिय पुजीवादी व्यवस्थामा कसैको पनि अधिकार सुनिश्चित नभएको प्रमाणित भएको छ । प्रेस स्वतन्त्रतामाथिको अनावश्यक हस्तक्षेपका विरुद्ध सम्पुर्ण प्रेस जगतले विरोध गर्नु जायज छ, प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

तसर्थ यस्ता हर्कत नदोहो¥याउन प्रहरी प्रशासनलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले सचेत गराएको छ । साथै प्रहरी प्रशासनले राष्ट्रियता, जनजीविका र जनतन्त्रको विषयमा शान्तिपुर्ण आन्दोलन माथि गरिएको दमनको घोर भत्सर्ना गरिएको छ ।

अनावश्यक प्रहरी हस्तक्षेपको विरुद्धको पकार संघहरुको विरोधमा ऐक्यवद्धता जनाउदै पेट्रोलियम पदार्थ लगायत मुल्य वृद्धि र बढ्दो महंगीका विरुद्ध सडक सघर्षमा उत्रिन आम कञ्४४४ जनसमुदायमा अनुरोध समेत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कञ्चनपुर जिल्ला संयोजक नक्साल र जिल्ला ईन्चार्ज अर्जुनद्धारा जारी प्रेस वक्तत्वमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुस