कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।

 

वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन ।

 

जोेशीले वाणिज्यसंघमा सदस्यदेखि बरिष्ठ उपाध्यक्षको जिम्मेबारी निर्वाह गरेसकेका छन । प्राकृतिक न्यायको सिद्धान्त अनुरुप पनि बरिष्ठ उपाध्यक्षले अध्यक्षमा दावि गर्नु, आँकाक्षा राख्नु र चुनावमा होमिन स्वभाविक भएको भन्दै आम व्यवसायीले यस पटक बरिष्ठ उपाध्यक्षको समेत जिम्मेबारी सम्हालीसकेका जोशीलाई सर्वसम्मतको पक्षमा देखिएका छन ।

 

०७६ देखि ०७८ सम्म लगातार कोरोना महामारीका धरासायी बनिरहेको व्यापार व्यवसाय क्षेत्रलाई समेत उकास्नका लागि कुसल नेतृत्वको पक्षमा व्यवसायी देखिएका छन ।

 

वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको तय गरिएको छ । अधिकाँस पुर्व अध्यक्ष, पदाधिकारी एव सदस्य लगायतका व्यवसायीले सहमतीको प्रयासमा जुटेका छन । कोरोना महामारीले व्यापार व्यवसाय क्षेत्र र आम व्यवसायी उद्योगी मारमा परेको अवस्थामा सहमतीय आधारमा नेतृत्व टुङग्याउने पक्षमा देखिएका छन । चालु आर्थिक बर्ष सकिने बेला अधिकाँस व्यवसायी काममा व्यस्थ रहेको अवस्थामा समेत सहमतीय आधारमा नेतृत्व टुङग्याउने पक्षमा देखिएका छन । निर्वाचन गर्दा फजुल खर्च हुनेदेखि समय बर्बाद हुने भएकाले यस पटक सबै व्यवसायीले आलोपालो पु¥याउने उदेश्यले सहमतीको अधिकतम प्रयासमा व्यवसायी लागेका छन । यस पटक वाणिज्य संघको अध्यक्षमा देखिएका जोशी परिवार पहिल्यैदेखि व्यवसायमा जुटेका थिए । पिताम्बर जोशी किशोरा अवस्थादेखि व्यापार व्यवसाय क्षेत्रमा काम गर्दै आएका थिए । दुई दशकदेखि जोशीले आफै प्रत्यक्ष व्यवसाय सम्हालेका छन । उनले वाणिज्य संघको नेतृत्वका लागि आँकाक्षा राखेपछि अधिकाँस व्यावसायीले साथ समर्थन दिएका छन ।

प्रतिक्रिया दिनुस