कञ्चनपुर । नेकपा विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन(निर्माण) सहितका चार जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । बिहीबार ओम पुन सहित चार जना विप्लवका नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन ।

पुन नेकपा विप्लव पुर्व पोलिट्ब्यूरो सदस्य सेती महाकाली इन्चार्ज, हाल नवौँ महाधिवेशन केन्द्रीय सदस्य तथा सुकुमबासी संगठन अध्यक्ष हुन । उनीसंगै पुर्व संसद एव सेती इन्चार्ज एव हाल केन्द्रीय सल्लाहकार सदस्य शकर बहादुर खडका(सिकन्दर), नवौँ महाधिवेशन आयोजक कमिटि सदस्य तथा महाकाली इन्चार्ज दल ब.धामी(अग्नी) र पुर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज हाल विशेष कमिटि सदस्य रमेश परियार(जिवन)ले हस्ताक्षर गरेरै राजिनामा दिएका छन ।

राजिनामा पत्रमा विगत किरणदेखि विप्लवको नेतृत्वमा पार्टी निर्माण तथा पुर्ननिर्माणमा संगसंगै यहाँसम्म आएको विषय उल्लेख गरिएको छ । बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिकलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाएका छन ।

कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र धुर्विकृत गर्ने व्यक्तिगत एव सामुहिक पहलमा अघि बढ्नुपर्ने बस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयास स्वरुप हामीले आजकै मितिदेखि नेकपा नेतृत्वको नेकपाबाट अलग भएको घोषणा गरेका छन ।

व्यवस्था परिर्वतनका लागि नेकपा माओवादीले १०बर्षे जनयुद्धकै जगमा ०६२÷०६३सालको दोस्रो जनआन्दोलनपछिका उपलब्धी संस्थागत नहुँदै माओवादी धार टुटफुटमा परिणत भएको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी धार एकजुटको विकल्प नभएको धारणा सार्वजनिक गरिरहेकै बेला विप्लव माओवादीका नेताहरुको राजिनामा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुस