सुदुरपश्चिम प्रदेशमा फेरी कोरोना भाइरसका संक्रमित देखिन थालेका छन् । बिहीवार मात्रै सुदुरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिहीवार कुल ३ सय २८ जनाको कोरोना परिक्षण गर्दा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिहीवार थप ९ जना कोरोना संक्रमित थपिएसंगै कोरोना संक्रमितको कुल संख्या ५९ हजार ६ सय ८२ जना पुगेको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा ५ लाख ४७ हजार ४ सय ७९ जनाको कोरोना परिक्षण गर्दा कुल ५९ हजार ६ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस