कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा मोटरसाइकल राँगा गाडासँग ठोक्किँदा एक जनाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन्।

मोटसाइकल पछाडि बसेका २२ वर्षीय शंकर राना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानबहादुर भण्डारीका अनुसार पुनर्वास नगरपालिका १ गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाको ज्यान गएको हो ।

रानाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बायाँ हातको हड्डी भाँचिएका शंकरको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया दिनुस