कञ्चनपुर । कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आँकाक्षी देखिएका छन । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ ।

झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाँक्षा देखिएका छन । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । शुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

तेस्रो पटक १६ औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा महासचिव पदमा चुनावमा होमिएका बोहरा असफल भएका थिए । फेरी बोहराले यस पटक पनि महासचिव पदमा देखिएका हुन । ०६२सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन । वाणिज्यशास्त्रमै स्नातक गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एव आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रुपमा चिनिन्छन । उनको चर्चा संगै कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन ।

प्रतिक्रिया दिनुस