कञ्चनपुरको बेल्डाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति,कार्यक्रम तथा बजेट ल्याएको छ ।

गाँउ सभामा बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै गाँउमै विज्ञान विद्यालय संचालन, बहुप्राविधिक शिक्षालय स्थापनादेखि भूमिहिन,सुकुमबासी, आरक्षपीडितलाई जमिन दिलाउँदै लालपुर्जा वितरणको योजनाअघि सारेको बताउनु भयो । बेलडाँडीको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक, साँस्कृति

क पर्यटकीय क्षेत्रको संरक्षण प्रंर्बद्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपाध्यक्ष कोशेली उपहार कार्यक्रम अन्र्तरगत छोरी जन्मिए प्रोत्साहन भत्ता ३ हजार दिने, ३० यूनिटसम्म निःशुल्क विद्युत, सुत्केरी महिलालाई गाँउभित्रै निःशुल्क एम्बुलेन्स र बाहिर ५०प्रतिशत छुटदिईने, जनतासंग विपी कार्यक्रम, स्वाथ्य, शिक्षा, महिला विकास, खेलकुद, पशुपन्छी विकास, खानेपानी, शिक्षा, स्वाथ्य पूर्वाधारमा विस्तार गर्ने योजनाअघि सारेको छ ।

सार्वजनिक पद धारणा गरेका पदाधिकारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालय भर्ना गर्ने नीति अबलम्बन गरिएको छ । सुशासन दिगो विकासको नीति अघि सारेकोछ । गाँउ सभामा बेलडाँडी गाउपालिकाकी उपाध्यक्ष शान्ति नाथले आगामी आर्थिक बर्षका लागि ४८ करोड, ७८ लाख बराबरको बजेट प्रस्तुत गर्नु भयो ।

प्रतिक्रिया दिनुस