कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका लागि प्रर्बद्धनात्मक एव दण्डात्मक दुवै नीति अबलम्बन गरेर निरुत्साहित अभियान संचालन गरेको छ ।

समाजलागि हानिकार लागु औषधका तस्कर, सेवनकर्ता एव ओसारपोसार कर्तालाई नियन्त्रण गरिरहेको कञ्चनपुर प्रहरीले निरुत्साहित अभियान संचालन गरेको हो । लागु औषध नियन्त्रण सम्बन्धी सचेतनाका लागि स्कुले विद्यार्थीलाई प्रशिक्षणदेखि, सरोकारवालाको उपस्थितिमा जनचेतनामुलक ¥याली आयोजना गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिह चौधरीले लागु औषध निरुत्साहित पार्नका लागि प्रहरीले नियन्तर काम गरिरहेको बताए । कञ्चनपुर प्रहरी प्रमुख चौधरीले लागु औषधका तस्कर समुहमाथि कार्बाही र कुलतमा फस्नसक्ने विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम प्रशिक्षण गराईरहेको बताए । आइतबार पनि कञ्चनपुर प्रहरीले महेन्द्रन मावि साधारणमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसंगको सहकार्यमा जनचेतनामुलक ¥याली समेत गरेको छ ।

पाँच बर्ष अघि तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले लागु औषध तस्कर, मध्यपान बिरुद्धमा जिल्लामा प्रहरीको कार्बाही र सचेतनामुलक कार्यक्रम संचालन गरेका थिए ।

एसपी विष्टको पालामा सोल्पामा लागु औषध चरेश खानेदेखि मुख्य तस्कर, भरिया,सेवनकर्तामाथि डण्डा बचाएका थिए । त्यसपछि निर्मला हत्याकाण्ड भएसंगै यता चार बर्षको अवधिमा लागु औषधकर्तामाथि प्रहरीको प्रभावकारी कदम नभएपछि जिल्ला लागु औषधको आँखडा बनेको थियो । अहिले कञ्चनपुर प्रहरीको जिम्मेबारी पाएका एसपी चौधरीले लागु औषध नियन्त्रका लागि कञ्चनपुर प्रहरीलाई जुरुक्क उठाएका छन । नियन्तर अभियान संचालन भए कञ्चनपुरमा लागु औषधका तस्कर समुह तह लाग्ने जाने र कुलतबाट युवा बाँच्ने अपेक्षा गरिएको छन ।

प्रतिक्रिया दिनुस