कञ्चनपुर । नेपाल स्वास्थ्य प्राविधिक संघ(पान)ले ४४ औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरेको छ । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो ।

नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य मान बहादुर चन्दको उपस्थितिमा श्रीपुर स्वास्थ्य केन्द्रमा उपचारार्थ बिरामीलाई फुलफुल वितरण गरिएको छ । समाजिक सेवाको भावना अनुरुप स्थापना दिवसको अवसर पारेर बिरामीलाई सान्त्वनाका लागि फलफुल वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य मान बहादुर चन्दले देशभरीका स्वास्थ्य प्राबिधिकहरु हकहितका लागि आवाज उठाउदै आएको बताए ।

केन्द्रीय समितिको बैठकले निर्णय गरेर स्वास्थ्य मन्त्रालयमा पेश गरेका समायोजन समस्या समाधान,प्राबिधिक ग्रेडको, समायोजन ग्रेड,स्तरबृद्घिमा ढिलाई भएको बताए ।

आधारभुत स्वास्थ्य केन्द्र र अस्पतालको दरबन्दी सृजना गर्न केन्द्रीय मन्त्रालयले पूरा गर्न पर्ने छ भने स्थानीय सरकारले स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको साथै प्रोत्साहन गर्न पर्छ स्वास्थ्यकर्मीलाई सेवा सुबिधामा विभेद गर्न नहुने तर्क राखेका छन ।

प्रतिक्रिया दिनुस