सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको हो ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गरीविद्युतीय राहदानी सेवा बन्द भएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुस