कैलाली असार १९ । आधुनिक गोदावरी पिङ हेर्ने र खेल्न आउँनेको घुँइचो लागेको छ । कैलालीको गोदावरीमा रहेको आधुनिक पिङ शुरू गरेको केहि दिनमै कैलाली ,कञ्चनपुर डोटी ,डडेल्धुरा र स्थानिय पर्यटकको  पिङ हेर्न र पिङ खेल्न आउनेको घुँइचो लागेको छ ।

हाँस्य कलाकार कमिडि च्यामपियन हिक्कमत महरा र पुस्कर जोशीले गोदावरीमा आधुनिक पिङ सञ्चालनमा लिएका छन ।

कैलालीको गोदावरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू लाइ अरू भन्दा केहि फरक तरिकाले मरोरन्जन दिने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरेको सञ्चालक हिक्मत महराले बताए । उन्ले भने अहिले परिक्षण अवस्थामा रहेको छ पिङ खेल्न आउनेको संख्या धेरै भएकोले व्यवस्थित गर्ने सकिएको छैन व्यवस्थित गरेर सबै आउने पर्यटकलाइ भरपुर सन्तुष्टि र आनन्द दिलाउने योजना रहेको बताए ।

आधुनिक पिङ सञ्चालनले गोदावरी क्षेत्रमा चहल पहल बढेको छ ।  केटा केटी बच्चा देखि  स परिवार घुम्न र  टिक टक , भिडियो बनाउनेको समेत घँइचो लागेको छ ।

आधुनिक पिङले पर्टयन र गोदावरीमा होटल व्यवसाय सञ्चालनमा रहेका व्यवसायीहरूलाइ समेत टेवा पुग्ने रहेको छ ।

 

प्रतिक्रिया दिनुस