कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले चालु आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा गरेको छ । जिल्ला आदालतले चालु आर्थिक बर्ष असार दोस्रो सातासम्मको कार्य प्रगतिको बार्षिक समिक्षा गरेको हो ।

अदालतको बार्षिक समिक्षा कार्यक्रममा श्रेस्तेदार जयन्ती अवस्थी(भट्ट)ले चालु आर्थिक बर्षको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेस्तेदार अवस्थीले प्रस्तुत गरेको बार्षिक समिक्षा प्रतिवेदनमा लक्ष्य अनुरुप मुद्दा फट्यौट भएका छैनन ।

तथ्याङ्क अनुुसार बर्षभरीमा ९ सय ९२ मुद्दा फछ्यौट गर्नुपर्ने लक्ष्य भएपनि ६सय ७६ मात्रै मुद्दा फछ्यौट गरिएका छन । चालु बर्षको ५ बैशाखदेखि १२ भदौँसम्म लगातार न्यायाशिधको पदपूर्ति नहुुँदा, कोरोना महामारी र स्थानीय निर्वाचनका कारण लक्ष्य अनुरुप मुद्दा फछ्यौट गर्न नसकिएको श्रेष्तेदार अवस्थीले बताईन । ‘अदालतमा नियमित झण्डै साढे चार महिना न्यायाधिशको पदपूर्ति नभए, ‘उनले भनिन, ‘त्यसपछि कोरोना महामारी आयो, केहीसमय पछि बैशाखमा स्थानीय तह निर्वाचनले केही अदालतको नियमित कामकाज प्रभावित पारिदियो ।’ ६ सय ५३ मुद्दा गत विगतका बर्षहरुबाट जिम्मेबारी सरी आएका थिए । ९ सय २३ नयाँ दर्ता भएका थिए । १ हजार ५ सय ७६ जम्मा मुद्दा मध्ये ६ सय ७६ मुद्दा फछ्र्यौट र ९ सय मुद्दा बाँकी रहेका छन ।

कुल ४३ प्रतिशत मुद्दा मात्रै फछ्र्यौट भएका थिए । फरक मुद्दा व्यवस्थापन तर्फ १ हजार ४ सय ७८ कुल मध्ये ६सय १३ फछ्र्यौट गरिएका छन । प्रकृतिगत मुद्दाको लगात तर्फ थुनुवा २२५, बालबालिका ४०, महिला १५०, जेष्ठ नागरिक ३५ गरी ४ सय ४० मुद्दा फछ्यौट गरिएका छन ।

फैसला गरिएका मुद्दा कार्यान्वयन तर्फ २ सय १८ निवेदन मध्ये १ सय २२, क्षतिपूर्ति भराउने सम्बन्ध ३१ मध्ये २८ मुद्दा फट््र्यौट गरिएका छन । क्षतिपूर्ति तर्फ २२लाख, ६६ हजार ७ सय ९ रुपैया मध्ये २०लाख, १६ हजार ७ सय ९ रुपैया क्षतिपूर्ति फछ्यौट गरेको छ । १४ चैत्रसम्म मेलमिलाप तर्फ १सय ९३ मध्ये ३० मुद्दा मेलमिलाप गरिएका छन । समिक्षा कार्यक्रममा अदालतका चार कर्मचारीलाई पुरस्कृत गरिएको छ । हरेन्द्र विष्ट तामेलदार, अनिता धामी डिठ्ठा, कार्यालय सहयोगी शंकर भुजेल, निर्थ कपाडीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुस