बैतडीका तीन स्थानीय तहले विद्युतीय भुक्तानी सुरु गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ र दोगडाकेदार गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेका हुन् ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मार्फत् भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरिएको दोगडाकेदार गाउँपालिकाका लेखा अधिकृत पदम कार्कीले जानकारी दिनु भयो ।

चेकमार्फत् कारोबार झन्झटिलो हुँदै आएकामा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुनेछ । महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकामा बैतडीका तीन पालिकाले एक महिना अगावै विद्युतीय भुक्तानी सुरु गरेको हो ।

प्रतिक्रिया दिनुस