कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोख्ररेलले नेकपा एकीकृत समाजवादी पाटीको भविष्य सकिएको ठोकुवा गर्नुभएको छ । मंगलबार महेन्द्रनगर पाटी कार्यालयमा एमाले कञ्चनपुरद्वारा आयोजित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोख्ररेलले समाजवादी पार्टीको भविष्य सकिएको ठोकुवा गर्नुभएको हो ।

समाजवादीमा रहेका नेता कार्यकर्तालाई फर्काउन समेत आब्हान गर्नुभयो । ‘एमालेबाट चोईटिएर गएका साथीहरुले खोलेको पाटी समाजवादीको अब भविष्य छैन, ‘महासचिव पोखरेलले भने, ‘एमालेमै फर्किन आब्हान गर्नुहोस ।’

एमाले फुटेर बामदेवले उतिबेला ६ प्रतिशत जनमत पाएको पार्टीको भविष्य स्वाहा भएको स्मरण गराउँदै महासचिव पोखरेलले ४ प्रतिशत जनमत ल्याउने समाजवादी पार्टीको उस्तै पनि भविष्य नरहेको दावि गरे ।

एमाले माधव कुमार नेपाल झलनाथ खनाल सहितका ठुला नेताहरुले पाटी छाड्दा पनि एमालेको जनमत बलियो रहेको बताए । एमाले सिध्याउने भन्नेहरु आफै सिध्यिरहेको बताए । पाटीभित्र अराजकतावाद , अवसरवाद हावि हुँदा स्थानीयनिर्वाचनमा अनपेक्षित हार बेहोर्नु परेको बताए ।

बाम गठबन्धनसंग सार्मथ्य गर्न नसक्नु र आन्तरिक आफु भए ठिक अरु भए देखाईदिन्छु भन्ने प्रवृतिले एमाले हारेको बताए । सत्ताधारीले सत्ताको दुरुपयोग गरेर चुनाव जितेको आरोप लगाउनुभयो । अहिले बाम एकताको आवश्यकता रहेको औल्याउँदै महासचिव पोखरेलले सरकार बिरुद्धमा अभियान संचालन गर्न आब्हान गर्नुभयो ।

प्रतिक्रिया दिनुस