कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार नगर स्तरिय पूर्ण खोप समन्वय समितिले बेलौरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर चन्दले बेलौरी नगरपालिका क्षेत्रका १६ महिनादेखि २३ महिना पुगेका पुरै बालबालिकालाई सबै प्रकारका खोप दिईएको बताए ।

‘नगरका १ देखि १० वटै वडाका १६ महिनादेखि माथि २३ महिनासम्म उमेर पुगेका ६ सय १२ बालबालिकालाई खोप दिईएको छ ।’ लक्षित बालबालिकालाई दिनुपर्ने सबै प्रकारका खोप लगाएर पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक चन्दले बताए ।

कार्यक्रममा लक्ष्मीपुर स्वास्थ्य चौकी, श्रीपुर स्वास्थ्य केन्द्र, रामपुर स्वास्थ्य चौकी र कुण्डा शहरी स्वास्थ्य केन्द्रलाई खोप सहित स्वाथ्य क्षेत्रमा गरेको कामको मुल्याङ्गकन गर्दे प्रसंसा पत्र प्रदान गरिएको छ ।

नगर उपप्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्तममा जिल्ला समन्वय समिति उप प्रमुख राम कुमारी राना प्रमुख अतिथि रहेकी थिईन । कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस