कञ्चनपुर । टाँट पल्टिएको महाकाली अस्पताल सुधार गरेर चर्चा कमाएका पुर्व शिक्षक, राजनीतिकर्मी एव समाजसेवी कृष्णदत्त जोशी(बोक्सर) महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन ।

मंगलबार अभिभावक भेलाले बोक्सरलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । पुर्व सामुदायिक विद्यालयका शिक्षक, शिक्षक नेता एव महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बोक्सरलाई अभिभावकले आशा भरोसा मानेर अध्यक्षमा चयन गरेका छन । बोक्सर माओवादी केन्द्र कञ्चनपुरका नेता हुन । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भीमदत्त नगरको उपमेयरमा चुनाव लडेका थिए । पराजित भएका बोक्सरले लोकप्रिय जनमत ल्याएका थिए । बोक्सर कञ्चनपुरकै चर्चित महन्द्रनगर माविको अध्यक्षमा चयन भएसंगै विद्यालयको भौतिक एव शैक्षिक गुणस्तर बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुस