कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गगेशपुरमा रहेको जनजागृती माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नवराज अवस्थी  चयन भएका छन ।

लामो समय देखि रिक्त रहेको जनजागृती माविको व्यवस्थापन समितिको अध्यक्षमा अविभावक भेलाबाट चयन भएका सदस्य मध्येबाट नवराज अवस्थी अध्यक्ष चयन भएका हुन । त्यस्तै पदेन सदस्यमा वार्ड अध्यक्ष उत्तर देव भट्ट सदस्य धिर्क बहादुर बिष्ट निर्मला अवस्थी , लिला भण्डारी बिष्ट ,राधा बिष्ट ,अर्जुन बिष्ट चयन भएका छन ।

अध्यक्ष नवराज अवस्थीले विध्यालयको हक हितमा आफु निरन्तर लाग्ने र शुक्लाफाँटा नगरपालिको नमुमा विध्यालय बनाउने बताएका छन । सबै अविभावक जनप्रतिनिधि र समाजसेविको सुझाव र सल्लाह लिएर विध्यालय नमुना बनाउने उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुस