कञ्चनपुर असार २३ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जग्गा नापी शुरु गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको वडा नं ९ सिसैयाबाट वुधवार देखि नापी शुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउन नापी गर्न थालिएको हो ।

जग्गा नाप नक्सा सम्बन्धी कार्यविधि अन्तर्गत रहेर जग्गा नापी अघि बढाइएको राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताउनु भयो ।

जग्गा नाप गरी सँधियार राखेर फिल्ड मुचुल्का तयार हुने बताउदै तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने र त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बन्ने बताउनु भयो । यो राष्ट्रिय अभियानको कार्य भएकाले अव्यवस्थित बसोवासीलाई छिटोभन्दा छिटो जग्गा कसरी उपलब्ध गराउन सकिन्छ । त्यसका लागि काम अघि बढाइएको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुस