कञ्चनपुरमा शिक्षक सरुवाका लागि आर्थिक चलखेल भई रहेको गुनासो बढ्न थालेको छ । शिक्षक सरुवाका लागि भन्दै सम्बन्धित विद्यालय र जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरमा आर्थिक चलखेल भई रहेको र केहि दलालहरू घुस खाएर सरूवा मिलाउन सकृय रहेको गुनासो बढ्न थालेको हो ।

नियम र प्रक्रिया अनुसार शिक्षक सरुवा गर्नुका साटो विद्यालय व्यवस्थापन समिति संगै जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरका कर्मचारीलाई पैसा दिएर सरुवा गर्ने कार्य गरीन थालिएको र सो कार्य अत्यन्तै निन्दाजनक र कार्बाहीयोग्य रहेको जनआवाज समेत उठ्न थालेको छ ।

यस विषयमा जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरमा कालापानी खवरको युनिट पुगेर त्यहाँका ईकाई प्रमुख दीपकराज कलौनीसंग बुझ्दा उहाले आर्थिक चलखेल गरेर शिक्षक सरुवाका लागि कुनै प्रक्रिया अघि नबढेको र त्यो हुन नसक्ने दाबी गर्नु भयो ।

साथै उहाले आफु कार्यालय प्रमुख भएकाले त्यसरी आउने फाईल आफुले अघि नै नबढाउने तथा आफुले हस्ताक्षर नै नगर्ने बताउनु भयो । साथै जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरमा प्रमुख दीपकराज कलौनीले कुनै शिक्षकको मृत्यु भएमा वा सेवा अवधि कायमै रहेका बेला राजीनामा दिएमा मात्रै सरुवा हुने अवस्था रहे पनि तत्काल कञ्चनपुरको हकमा  गणना भई सकेको रिक्त पदमा भने अन्तर जिल्ला सरुवा नहुने बताउनु भयो ।

यसै विषयमा जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरमा शाखा अधिकृत रुपराम तिरुवासंग बुझ्दा उहाले आफुहरुले कुनै आर्थिक चलखेल नगरेको बताउदै कुनै दलाल मार्फत त्यस्ता कार्यहरु भई रहेका भएपनि आफुहरुले भने रकम लिएर सरुवाका लागि कुनै कार्य नगर्ने गरेको बताउनु भयो । शिक्षा विकास तथा समन्वय ईकाईले रकम लिएर शिक्षक सरुवाका लागि प्रक्रिया अगाडि बढाएको भन्ने गुनासो छ, के यो साचो हो ? भनेर प्रश्न गर्दा उहाले त्यो कुरा कपोलकल्पित मात्रै भएको बताउनु भयो ।

जिल्ला शिक्षा तथा समन्वय ईकाई कञ्चनपुरले कुल १७ वटा रिक्त पदमा पदपुर्ति गराई दिनका लागि शिक्षक सेवामा पत्र नै लेखेको बताउदै उहाले कञ्चनपुरमा रिक्त रहेका मा.वि. तहका शिक्षकको  २  पद, नि.मा.वि २ र प्रा.वि. तहका १३ वटा शिक्षकको दरबन्दी रिक्त रहेको जानकारी माथिल्लो निकायमा गराएको र त्यसमा विज्ञापन नै खोलेर पदपुर्ति गर्नका लागि आग्रह गरिएको बताउनु भयो ।

शिक्षा जस्तो आधारभुत विषयमा आर्थिक चलखेल गर्दा समाजमा नकारात्कता फैलिई समाज दुषित हुने भएकाले यस्ता खाले कार्य गर्ने, गराउने र गर्न खोज्नेलाई सर्तक पारी आवश्यक कार्बाही समेत गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुस