कञ्चनपुरको एक सामुदायिक बिध्यालय व्यवस्थापन समितिले शिक्षक सरूवा सहमति दिन जवरजस्ती पैसा मागेर सहमति दिएको खुलासा भएको छ । कञ्चनपुरको शुक्लाफाँटा १ गणेशपुरमा रहेको जनजागृति माध्यामिक विध्यालयको व्यवस्थापन समितिले एक शिक्षक बाट पैसा लिएको खुलासा भएको हो ।शिक्षक सरूवा सहमति दिन जवरजस्ती व्यवस्थापन समितिले( १,२५००० )एक लाख पच्चीस हजार रूपया मागेर सहमति दिएको खुलेको छ ।
यस बिषयमा विध्यालय व्वस्थापन समिति अध्यक्ष नवराज अवस्थी लाइ सम्पर्क गर्दा व्यवस्थापन समितिले विध्यालय लाइ सहयोग मागेको आफूहरूले सरूवा आउने शिक्षकबाट कुनै घुस नखाएको बताए । उन्ले भने व्यवस्थापन समितिको सर्वसहमतिले शिक्षक बाट सहयोग १,२५,००० मागेर रसिद दिएको सुइकार गरेका छन ।
सरूवा सहमति माग्न गएका एक शिक्षकले आफुबाट सहयोग गर्नुस तपाइको सरूवा सहमति अहिले लगेर जानुस भनेर रकम लिएको बताए ।
शिक्षक सरूवा गर्न आर्थिक चलखेल गरेर सरूवा गराउने कञ्चनपुरमा एक गृह सकृय रहेको खुल्न आएको छ ।
पत्रकार संग समेत खुलम खुल्ला तपाइ चुपचाप रहनु हामि जसरि पनि सरूवा सहमति गरेर ल्याउने भनरे धम्कि दिइरहेका छन ।
यस बिषयमा जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख संग कालापानी खबरको युनिट सोधपुछ गर्न जाँदा जेठ २० गते रिक्त रहेका सबै विध्यालय खाली सिट शिक्षक सेवा आयोगमा पठाएको कञ्चनपुर बाहेक अन्य जिल्लाबाट सरूवा गर्न नमिल्ने बताए ।
हामिले फेरी जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख संग घुस खाएर सरूवा गरिरहेको जनगुनासो छ भनेर प्रश्न राख्दा जवाफमा एकाइ प्रमुख दिपकराज कलौनीले आफुहरू प्रकृया पुर्याएर आएका सबैको हकमा गरिएको गरिएको र अहिले कञ्चनपुरका रिक्त रहेका प्राथमिक तहका १३ सिट शिक्षक सेवा आयोगमा पठाएको कुनै पनि व्यक्ती संग आर्थिक चलखेल गरेर सरूवा नगरेको दावी गरेका छन ।
घुस दिएर सहमति दिनु अपराध हो यस्तो कार्य आफु कुनै पनि प्रलोभनमा नपर्ने र कसैले चरित्र हत्या गर्न आरोप लगाएको होला हामि नियम र कानुन भन्दा कुनै पनि सरूवा नगर्ने बताए ।