कञ्चनपुर । नेपाल प्रवेसद्वार कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । पश्चिमी नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो ।

 

सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एव ट्राफिक पोष्ट स्थापना गरेको छ । प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एव होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

 

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मान बहादुर धामीको पर्यटन सहायता कक्षको उद्घाटन गर्दैै पश्चिमी नाका गड्डाचौकी पर्यटनका लागि सम्भावित नाका भएकाले बताए । मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले थुप्रै योजना ल्याएको बताउदै उनले गड्डाचौकी हुँदै उत्तर महाकाली कोरिडोर निर्माण गरेर उत्तरमा चिन र दक्षिणमा भारतसंग जोड्नका लागि गन्तव्य विस्तारमा जोडदिए ।

 

मन्त्री धामीले प्रदेशको पर्यटन विकासका लागि आफ्नो तर्फबाट थुप्रै कामकाज योजना अघि बढाएको बताए ।

 

कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले भारतबाट आउने पर्यटकलाई प्रर्याप्त सुचना प्रवाह गरेर सेवा दिनुपर्ने बताए ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले गड्डाचौकी नाका भएर नेपाल प्रवेस गर्ने पाहुनालाई राम्रो स्वागत गर्नुपर्नेमा जोडदिए ।

 

वाणिज्य संघका अध्यक्ष जोशीले जिल्लामै समेत पर्यटकीय सम्भावना भएकाले निजी तथा सरकारी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रविन धितालले पर्यटन सुचना केन्द्रसंगै ट्राफिक प्रहरीले समेत पर्यटन सुरक्षाका लागि काम गर्ने बताए । कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापनासगै निरन्तरता दिनुपर्ने र पर्यटन विकास हुने अपेक्षा राख्नुभयो ।

 

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टको अध्यक्षतामा भएको. कार्यक्रकको संचालन महासचिव रामचन्द्र रेग्मीले संचालन गरेका थिए । गड्डाचौकीका लामो समयपछि पर्यटन सुचना केन्द्र पुर्नस्थापना भएको थियो ।

प्रतिक्रिया दिनुस