कञ्चनपुरका पालिकामा आ.व २०७७।७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा आएको छ। प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु. १० करोड २४ लाख १० हजार(३.४ प्रतिशत) बेरुजु आएको छ ।

बेलडाँडी गाउँपालिकामा रु. ४८ लाख ८७ हजार(०.६१ प्रतिशत) बेरुजु देखिएको छ। यसैगरी बेरुजु बढी आउने पालिकामा कृष्णपुर नगरपालिका दोस्रो स्थानमा छ। कृष्णपुरको बेरुजु ३.३८ प्रतिशत अर्थात् रु. ५ करोड २३ लाख ३८ हजार आएको छ ।

बेलौरी नगरपालिकाको बेरुजु २.६९ प्रतिशत अर्थात् रु. ३ करोड ९८ लाख ५६ हजार, दोधाराचाँदनी नगरपालिकाको बेरुजु २.३७ प्रतिशत अर्थात् रु. ३ करोड १२ लाख ३५ हजार, वेदकोट नगरपालिकाको बेरुजु २.६२ प्रतिशत अर्थात् रु. ३ करोड ८३ लाख ६३ हजार रहेको छ । त्यस्तै पुनर्वास नगरपालिकाको बेरुजु १.४८ प्रतिशत अर्थात् रु. २ करोड ३५ लाख ८१ हजार, लालझाडी गाउँपालिकाको बेरुजु ०.६९ प्रतिशत अर्थात् रु ५८ लाख ५६ हजार र शुक्लाफाँटा नगरपालिकाको बेरुजु ०.९२ प्रतिशत अर्थात् रु. १ करोड २९ लाख ५८ हजार रहेको छ ।

प्रतिक्रिया दिनुस