कञ्चनपुर, साउन २ । बैतडीको डिलाशैनी गाउँपालिका स्थानिय सरकारको सहयोगमा  वडा नं ५ का  हरुवा भुलको  छानो मर्मत गरिएको छ । बर्षौ देखि खरको छानोमा बस्दै आएका दलित विपन्न  भुलको छानो डिलाशैनी सरकारको सहयोगमा मर्मत भएको हो ।

छानो बिहिन नागरिक हरुको छानो निर्माण गर्ने अभियान अन्तरगत विगत ५र७ बर्ष देखि खरर सल्लाको पातको छानो मुनि बस्न बाध्य  भुलको छानो मर्मत गरिएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए ।

सरकारको तर्फबाट आवस्यक पर्ने काठ,जस्तापाताको व्यवस्था मिलाएर छानो मर्मत गरिएको उनले  बताए । सरकारले  छानो मर्मत गरिदिएपछि भुल परिवार निकै खुसि भएको छ ।

। यस्तै  गाउँपालिका भित्रका करिब १ सय ४७ छानो बिहिन परिवारहरुको  छानो निर्माण गरिने  पनि गाउँपालिका प्रवक्ता भट्टले बताए। डिलाशैनी गाउँपालिका स्थानिय सरकारले गरेका कामले जनता स्थानिय सरकार गाउँमै भएको आभास गर्न थालेका छन ।

प्रतिक्रिया दिनुस